जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १३:०२

एमाले अध्यक्ष ओली उम्मेदवार रहेको झापा ५ मा मतगणना सुरू


झापा, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ को मतगणना सुरू भएको छ। दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो ।

तीन दिनभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गर्ने जिल्ला निर्वाचन आयोगले तयारी गरेको छ । विभिन्न साता ठाउँमा गणना भइरहेको छ ।

यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ । ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी हुनुहुन्छ ।