जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १३:३७

नेमकिपाको गढमा राप्रपालाई अग्रता


काठमाडौं, ५ मंसिर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ मानिने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । भक्तपुर –१ मा जारी प्रारम्भिक मतगणनामा राप्रपाका भरतबहादुर खड्काले अग्रता लिनुभएको हो ।

हलो चुनाव चिन्हसहित निर्वाचनमा होमिएका खड्काले ३५९ मत ल्याउनुभएको छ । यस्तै, एमालेका नवराज गेलाल ३५६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । नेमकिपाका प्रेम सुवाल २९२ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

माओवादी केन्द्रमा सुनिल गोठे २०२ मतसहित चाथो स्थानमा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेमकिपाका उम्मेदवार प्रेम सुवालले निर्वाचनमा विजय हासिल गर्नुभएको थियो ।