जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १०:१७

पाल्पा २ मा सोमप्रसादलाई पछाडि पार्दै ठाकुर गैरेले लिए अग्रता


पाल्पा, मंसिर ६ । पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ ।

सुरुवाती गणनामा पछाडि पर्नुभएका एमाले नेता गैरेले अग्रता लिँदै क्रमशः मतान्तर बढाउँदै लग्नुभएको हो । अहिलेसम्म सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार गैरेले ३०९४ मत ल्याउँदा पाण्डेले २४२६ मत ल्याउनु भएको छ ।

०५१ सालदेखि सो क्षेत्रमा लगातार लड्दै आएका नेता पाण्डे अहिले सत्तारुढ दलको साझा उम्मेदार हुनुहुन्छ ।