जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १२:५४

एमाले उपमहासचिव पृथ्वी सुब्बाको अग्रता कायमै, धेरै मतले पछि परे माओवादीका देव गुरुङ


लमजुङ, मंसिर ६ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो अग्रता कायमै राख्नुभएको छ । मतगणनाको सुरुवातदेखि नै निरन्तर अगाडि रहनुभएका गुरुङलाइृ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पच्छ्याइरहनु भएको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार उपमहासचिव गुरुङ र महासचिव गुरुङबीचको मतान्तर १ हजार ८ सय ६५ रहेको छ।

हालसम्म एमाले उपमहासचिव गुरुङले १० हजार ३ सय ३२ मत प्राप्त गर्नुभएको छ भने महासचिव गुरुङले ८ हजार ५ सय ६७ मत पाउनु भएको छ ।