कैलाली, मंसिर ६ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट खाता खोलेको छ । कैलाली ३ मा भर्खरै सम्पन्न मत गणनामा सो पार्टीका उम्मेदवार गंगा चौधरी २३ हजार १ सय २० मतसहित विजयी हुनुभएको छ ।
कुल खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका चौधरीले २३१२० पाएर विजयी हुनुभएको हो । उहाँसँग सत्ता गठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७ हजार ७ सय ४९ मत पाउनु भएको छ ।
यसैगरी नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७ हजार ४७ मतमा चित्त बुझाउनु परेको छ ।













प्रतिक्रिया दिनुहोस्