जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १३:५२

एमालेका तारा चम्किए, दोब्बरभन्दा बढी मतले पछि परिन प्रचण्डकी बुहारी बिना मगर


कञ्चनपुर, मंसिर ६ । नेकपा एमालेका उम्मेदवार तारा लामाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्नुभएको छ ।

कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा प्रचण्डकी बुहारी बिना मगर दोस्रो स्थानमा रहनुभएको छ । माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।