जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १७:०६

सप्तरी–२ को दुवै प्रदेशसभामा सिके राउत नेतृत्वको जनमत पार्टी बिजयी


सप्तरी, मंसिर ६ । सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी क्षेत्र नं २ का दुबै प्रदेश सभामा भारी मतले जितेको छ ।

सप्तरी–२ को प्रदेश सभा क मा सतिशकुमार सिंह १६ हजार ७ सय ४३ मत ल्याएर विजयी हुनुभएको छ । सिंहले जसपाका शैलेन्द्रप्रसाद साहको भन्दा दोब्बर मत ल्याउनु भएको छ । जसपाका साहले ८ हजार २ सय ८२ मत ल्याउनु भएको छ भने तेश्रोमा रहेका लोसपाका सरोजकुमार मण्डलले ६ हजार १ सय ३२ मत पाउनु भएको छ ।

त्यस्तै सप्तरी–२ को प्रदेश निर्वाचन क्षेत्र ख मा महेशप्रसाद यादव विजयी हुनुभएको छ । यादवले पनि दुबै गठबन्धनका उम्मेदवारभन्दा धेरै मत ल्याएर जीत निकाल्नु भएको हो । जनमत पार्टीका यादवले १३ हजार ३ सय २५ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र) का उमेश यादवले ७ हजार २३ मत र जसपाका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत पाउनु भएको छ ।

यो क्षेत्रमा प्रतिनिधि सभामा पनि सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ ।