जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १७:५९

साउदी अरेबियासँग अर्जेन्टिना स्तब्ध, हारसँगै किर्तिमानिबाट चुक्यो


काठमाडौं, मंसिर ६ । साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । बिश्वकप फुटबलमा आज भएको खेलमा साउदीले अर्जेन्टिनालाई पराजीत गरी किर्तिमान कायम गरेको छ ।

साउदीसँग पराजित भएसँगै अर्जेन्टिना ऐतिहासिक कीर्तिमानबाट चुकेको छ। अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा मंगलबारको खेलमा साउदीले ब्रेक लगाइ दिएको हो।

साउदीसँग नहारेको भए अर्जेन्टिनाले ३७ खेलमा अपराजित यात्रा इटलीसँग साझेदार गर्ने थियो। यसअघि सबैभन्दा लामो अपराजित यात्रा इटलीको नाममा छ।

समूह डीमा तुलनात्मक रुपमा कमजोर मानिएको साउदीले पुनरागमन जित दर्ता गरेको हो। अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

पहिलो हाफ १–० को अग्रतामा सकिए पनि दोस्रो हाफमा साउदीले आक्रामक खेल खेल्यो। साउदीका लागि खेलको ४८ औं मिनेटमा सलेह अलसेहरीको गोलमा बराबरी गरेको साउदीका लागि ५३औँ मिनेटमा सलिम अल दावसरीले गोल गर्दै महत्वपूर्ण जित दिलाए।

सधैँ साउदीमाथि हाबी हुँदै आएको अर्जेन्टिनाले पहिलो पटक हार व्यहोरेको छ । हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण यात्रामा धक्का लागेको छ। अब मेक्सीको र पोल्याण्डसँग खेल्न बाँकी छ। साउदीसँगको हारसँगै अघिल्लो चरणका लागि अर्जेन्टिनालाई यी खेल जित्नै पर्ने दबाब छ।