जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार २१:१३

उदयपुरको निर्वाचन क्षेत्र २ मा एमालेका रायमाझी विजयी


उदयपुर, ६ मसिर । उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । एमालेका रायमाझीले १५२५१ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँले निकटतम् प्रतिद्वन्द्वीभन्दा २३५८ मत बढी मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले १२८९३ मतका पाउनुभएको छ।

त्यसैगरी स्वतन्त उम्मेदवार नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले १०३७९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी मंगोलियन अर्गनाइजेशनले १४३० मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९१० मत पाएका छन् । निर्वाचन क्षेत्र २ मा कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिका पर्छ ।

यस निर्वाचन क्षेत्रमा १ लाख १६ हजार ९६ मतदाता मध्ये ४४ हजार ८ सय ७५ मत खसेको थियो । रायमाझीलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक घोषण हुन भने बाँकी रहेको छ ।