जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार २१:५५

झलनाथलाई झन्–झन् कठिन, एमालेका महेश बस्नेत अग्रता बढाउदैं


इलाम, ६ मंसिर । चुनावी मैदानमा रहेका पाँचजना पूर्व प्रधानमन्त्रीमध्ये झलनाथ खनालको बिजय कठिन बनेको छ । नेकपा एसका सम्मानित नेता समेत रहेका खनाल इलाम १ बाट गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

मंगलवार साँझ ८ बजेसम्मको मतगणना अनुसार खनाल करिब १५ सय मतले पछाडि पर्नुभएको छ । गणनाको सुरुदेखि नै पछि पर्नुभएका खनाल विगतमा आफ्नै कार्यकर्ता रहेका महेश बस्नेतसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

इलाम नगरपालिकाका पूर्व मेयर समेत रहनुभएका एमाले इलामका अध्यक्ष महेश बस्नेत १० हजार २८७ मतसहित अग्रस्थानमा रहदा खनाल ८ हजार ७८० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

खनालले अग्रता लिने अवस्था कमजोर बन्दै गएको छ ।