जनता टाइम्स

७ मंसिर २०७९, बुधबार ०६:३१

तनहुँ-२ मा सत्ता गठबन्धनका शंकर भण्डारी विजयी, २८ वर्षपछि भत्कियो एमालेको गढ


तनहुँ, मंसिर ७ । तनहुँ क्षेत्र न २ मा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार शंकर भण्डारी विजयी हुनुभएको छ । मध्यराति आएको अन्तिम मत परिणाम अनुसार कांग्रेसका केन्द्रीय सस्दय भण्डारी एमालेका उम्मेदवार किरण गुरूङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

कूल ६८ हजार १७३ मत खसेकोमा भण्डारीले ३० हजार ६०४ मत पाउनु भयो भने गुरुङलाई २५ हजार १ सय ३० मत आएको छ। कांग्रेस नेता भण्डारीको जीतसँगै २८ बर्षपछि एमालेको गढ भत्किएको छ । भण्डारी २०७४ को निर्वाचनमा एमालेका केदार सिग्देलसंग ३ हजार मतान्तर पराजित हुनुभएको थियो ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो शक्तिको रुपमा उदय भएको छ। सो पार्टीका विजय जोशीले ५ हजार ३७३ मत पाउनु भएको छ राप्रपाका नरेन्द्र प्रताप महतले १४ सय २१ मत पाउनु भएको छ ।