जनता टाइम्स

७ मंसिर २०७९, बुधबार ०६:३५

प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित, सागर ढकालभन्दा झण्डै दोब्बर मत


डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । डडुल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै प्रधानमन्त्री देउवा विजयी हुनुभएको हो ।

उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ५१ हजार २०३ मत गणना हुँदा ३१८७ मत बदर भएको छ।