जनता टाइम्स

७ मंसिर २०७९, बुधबार ०७:५९

काठमाडौं ८ बाट रास्वपाका बिराजभक्त श्रेष्ठ निर्वाचित, गठबन्धनका पर्यटनमन्त्री श्रेष्ठ तेस्रोमा सिमित


काठमाडौं, मंसिर ७ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

बिराज भक्तले १० हजार १०५ मत ल्याएर विजयी हुँदा निकतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १४७ मत ल्याउनु भएको छ ।

विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद हुनुहुन्थ्यो । यता सत्ता गठबन्धनका उम्मेदवार एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री जीवनराम श्रेष्ठ तेस्रो बन्नुभएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ४८७७ मत प्राप्त गर्नुभएको छ ।