जनता टाइम्स

७ मंसिर २०७९, बुधबार ०९:३७

काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी, बाबुरामकी छोरी मानुषी तेस्रो स्थानमा


काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी हुनुभएको छ ।

नेकपा एमालेका श्याम घिमिरेलाई पराजित गर्दै पराजुली विजयी हुनुभएको हो । निर्वाचन आयोगका अनुसार पराजुलीले ८७४३ उनका निकटतम् प्रतिद्वन्द्वी ६८०० मत प्राप्त गर्नुभएको छ ।

माओवादीको चुनाव चिन्ह लिएर लडनु भएकी सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६०६३ मत मात्र प्राप्त गर्नुभएको छ । यमी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राई र पूर्वमन्त्री हिसिला यमीकी छोरी हुन