जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १६:२५

उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछि पार्दै सप्तरी-२ बाट सिके राउत बिजयी


राजविराज, मंसिर ७ । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पछि पार्दै राउतले सानदार जीत निकाल्नु भएको हो ।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभएको छ भने पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याउनु भएको छ । यस्तै, प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २ (क) मा सतिशकुमार सिंह र ख मा जनमत पार्टीकै महेश यादव निर्वाचित हुनुभएको छ ।

अमेरिकाको क्याब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पीएचडी गर्नुभएका राउत २०६८ सालमा नेपाल फर्किनु भएको थियो । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत २०७५ साल फागुन २४ गते केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएउनु भएको हो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि जनमत पार्टी का रूपमा राजनीतिक दल गठन गर्नुभएको थियो ।