झापा, मंसिर ७ । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ ।
भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार शर्मा नेकपा एमालेका अग्नि खरेललाई १४ हजार भन्दा बढी मतान्तरमा पराजीत गर्दै संसदको यात्रा तय गर्नुभएको हो । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाउनु भएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाउनु भएको छ । यो जीतसँगै शर्माले तेस्रो पटकको प्रयाशमा झापा १ बाट जीत निकाल्नु भएको हो ।
संबिधानसभा सदस्य तथा पूर्व कानूनमन्त्री खरेल भने पहिलो निर्वाचनमा पराजीत हुनुपरेको छ । उहाँ यसअघि एकपटक राष्ट्रपतिबाट मनोनीत भइ संबिधानसभा सदस्य नियुक्त हुनुभएको थियो भने अर्काे पटक समानुपातिकबाट सांस्द बन्नुभएको हो ।












प्रतिक्रिया दिनुहोस्