जनता टाइम्स

७ मंसिर २०७९, बुधबार २०:५३

झापा–२ मा एमालेका देवराज घिमिरे निर्वाचित


झापा, मंसिर ७ । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

बुधबार सम्पन्न मत गणना अनुसार घिमिरे निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाएर बिजयी हुँदा नेपालले २६ हजार ४ सय ४१ मत पाउनु भएको छ । झापा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि रानाले भने १३ हजार ९ सय २४ मत मात्र प्राप्त गर्नुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत हुनुहुन्छ ।