जनता टाइम्स

७ मंसिर २०७९, बुधबार २१:३४

पाल्पा– २ प्रतिनिधिसभामा एमालेका ठाकुर गैरे निर्वाचित


पाल्पा, ७ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्रनं. २ बाट नेकपा एमालेका ठाकुर गैरे निर्वाचित हुनुभएको छ । विद्यार्थी राजनीतिबाट उदाउनु भएका गैरेको यो पहिलो संसद प्रवेश हो ।

उहाँ नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी हुनुभएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सम्धीसमेत रहनु भएका पाण्डे निवर्तमान सांसद हुनुहुन्छ ।