जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०५:२६

मकवानपुर-२ बाट एमालेका महेश बर्तौला निर्वाचित, बिरोध खतिवडाको अपराजित यात्रा टुंगियो


मकवानपुर, मंसिर ८ । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष विरोध खतिवडालाई पराजित गर्दै बर्तौलाले संसदको यात्रा तय गर्नुभएको हो ।

बर्तौलाले निकट प्रतिस्पर्धी खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्नुभएको छ । मकवानपुर २ मा कुल ८६ हजार ३ सय १ मत खसेकोमा बर्तौलाले ३४ हजार ९ सय १६ मत पाएर विजयी हुँदा खतिवडाले ३० हजार ३ सय ९६ मतमा चित्त बुझाउँदै पराजीत हुनुपरेको छ ।

बर्तौला निर्वाचित भएसँगै खतिवडाको संसदको अपराजित यात्रा टुंगिएको छ । यसअघि उहाँ लगातार ४ पटक यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।