अर्घाखाँची, मंसिर ८ । अर्घाखाँचीबाट नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित हुनुभएको छ ।
रायमाझी नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । उहाँले ४२ हजार ६ सय ७२ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहे पनि भुसाललाई रायमाझीले पराजीत गर्नुभएको हो ।
यस्तै एमाले अर्घाखाँचीका दुवै प्रदेश सभामा जित हासिल गरेको छ। अर्घाखाँची जिल्लाको प्रदेश सभा १ मा चेतनारायण आचार्य २ मा रामजी प्रसाद घिमिरे विजयी हुनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्