पर्वत, मंसिर ८ । पर्वतबाट नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणना परिणाम अनुसार एमाले नेता गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
गिरीसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुन जोशीले २७ हजार ६ सय ९ मत पाउनु भएको छ । पर्वतको दुवै प्रदेशसभा सदस्यमा पनि एमाले उम्मेदवार बिजयी भएका छन ।

पर्वतबाट गण्डकीप्रदेशसभासदस्यमा एमाले उम्मेदवार भक्त कुँवर र मित्रलाल वस्याल निर्वाचित भइसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्