जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०७:२५

रुपन्देही-५ बाट एमालेका बासुदेव घिमिरे निर्वाचित


बुटवल, मंसिर ८ । रुपन्देही ५ बाट नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार घिमिरे ९ हजार ७ सय २ मतको अन्तरमा जीत निकाल्नु भएको हो ।

एमाले उम्मेदवार घिमिरेले ३६ हजार आठ सय २२ मत पप्त गर्नुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भरतप्रसाद शाहले २७ हजार १ सय२० मत पाउनु भएको छ ।