जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०९:३०

डाक्टर तोसिमाको जीतसँगै उपत्यकाको १५ मध्ये पाँच सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी बिजयी


ललितपुर, मंसिर ८ । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले निकटतम प्रतिस्पर्धीलाई नेकपा एमालेका उम्मेदवार अमृत खडकालाई १८ हजारभन्दा बढी मतले पराजित गर्नुभएको हो ।

कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार खड्काले १२ हजार ९ सय ६३ मत ल्याउनु भएको छ । त्यस्तै ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले जम्मा ८ हजार ७ सय ६९ मत पाउनु भयो ।

योसँगै काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हात पारेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ मा सोबिता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

प्रतिनिधिसभामा उपत्यकाको १५ मध्ये कांग्रेसले ७ स्थानमा जीत निकालेको छ भने नेकपा एमालेले दुई स्थानमा जित निकालेको छ । एक स्थानमा नेमकिपा धेरै मतले अगाडि रहेको छ ।