ललितपुर, मंसिर ८ । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ ।
कार्कीले निकटतम प्रतिस्पर्धीलाई नेकपा एमालेका उम्मेदवार अमृत खडकालाई १८ हजारभन्दा बढी मतले पराजित गर्नुभएको हो ।
कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार खड्काले १२ हजार ९ सय ६३ मत ल्याउनु भएको छ । त्यस्तै ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले जम्मा ८ हजार ७ सय ६९ मत पाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्