भक्तपुर, मंसिर ८ । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित हुनुभएको छ ।
सुवालले नेकपा एमालेका नवराज गेलाललाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गर्नुभएको हो । सुवालले ४२ हजार ७६१ मत ल्याउनु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गेलालले ११ हजार ९६८ मत पाउनु भएको छ । सुवाल र गेलालबीचको मतान्तरमात्रै ३० हजार ७९३ मत रहेको छ ।
भक्तपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३०३, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत ल्याउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्