चितवन, मंसिर ८ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरमा निर्वाचित हुनुभएको छ । लामिछाने अत्यधिक मतका साथ चितवन २ बाट निर्वाचित हुनुभएको हो ।
कुल ८३९५६ जनाले मतदान गरेको चितवन २ बाट लामिछानेले ४९ हजार २६४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गर्नुभयो भने यसअघि निर्वाचित सांस्द नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत पाउनु भएको छ ।
लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार २८१ मत बढी हो । चितवन २ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित हुनुभएको थियो । यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो।













प्रतिक्रिया दिनुहोस्