जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १४:०३

सत्ता गठबन्धनका सुनिल थापालाई हराउँदै धनकुटाबाट एमालेका राजेन्द्र राई बिजयी


धनकुटा, मंसिर ८ । धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापालाई १३ सय ९३ मतले हराउँदै राई निर्वाचित हुनुभएको हो ।

निर्वाचित राईले ३० हजार ९६ मत पाउनु भएको छ भने पराजित थापाले २८ हजार ७०३ मतमा रोकिनु परेको छ ।