जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १६:२५

कृष्ण सिटौलालाई दोस्रो पटक हराउँदै राप्रपा अध्यक्ष लिङदेन झापा-३ बाट प्रतिनिधिसभामा निर्वाचित


झापा, मंसिर ८ । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन प्रतिनिधिसभा सदस्यमा पुनः विजयी हुनुभएको छ । यो जितसँगै उहाँ दोस्रो पटक सांसद बन्नुभएको छ ।

नेकपा एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएका लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजीत गर्नुभएको हो । सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको परिणामअनुसार लिङदेनले ४० हजार ६४८ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गर्नुभएको छ । अघिल्लो निर्वाचनमा पनि उहाँहरुबीच नै प्रतिस्पर्धा भएको थियो ।