जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १७:५८

‘सांसदको टाउको गनेर मोलतोल हुने देखियो’


झापा, मंसिर ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामबारे पहिलो पटक प्रतिक्रिया दिनुभएको छ । उहाँले परिणामपति टिप्पणी गर्दै मिलिजुली सरकार बनाउनेतिर देश गएको र यस्ले मुलुकमा अस्थिरता निम्त्याउने बताउनु भयो । उहाँले अहिलेको परिणामले सरकार बनाउन र टिकाउन नै गाह्रो हुने बताउनु भयो ।

निर्वाचन जितेको प्रमाणपत्र बुझेपछि जनताको स्वागत ग्रहण गर्दै अध्यक्ष ओलीले निर्वाचन उत्सव भएकाले यसलाई रमाइलोको रुपमा लिन नहुने बताउनु भयो । ५ वर्ष देश उकालो लागेमात्र मुलुकले गति दिने भए

पनि चुनावको परिणामले स्थायित्व नदिने बताउनु भयो । अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने ओलीको निश्कर्ष छ ।
‘अब सरकार बनाउनै गाह्रो, बनाएपछि टिकाउन झन गाह्रो हुनेभयो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताउनु भयो । ‘चुनावी परिणामले कुनै पनि दलको वहुमत दिएन, अव भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने अवस्था देखियो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अब सरकार बनाउनै गाह्रो, बनाएपछि टिकाउन झन गाह्रो हुनेभयो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो

निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिएपनि त्यसो हुन नसकेको उहाँको भनाई छ । ‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो । तर, त्यसो भएन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरि पनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो ।’