जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १८:२२

कैलाली–१ मा रञ्जिता श्रेष्ठको विजयी, नागरिक उन्मुक्ति पार्टीको क्लिन स्वीप


काठमाडौं, ८ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको छ । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको हो ।

श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभयो । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाउनुभयो ।

प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा १ मा कैलाश चौधरी विजयी हुनुभएको हो । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गर्नुभयो ।

यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी हुनुभएको छ । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गर्नुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गर्नुभएको हो ।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गर्नुभएको छ । एक वर्षअघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली–३ मा जितेको हो ।