जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १९:१४

प्रचण्डलाई केपी ओली आफैले फोन गरेपछि


काठमाडौं, मंसिर ८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिनुभएको छ । अध्यक्ष ओलीले टेलिफोन गरेर प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाइ दिनुभएको हो ।

चुनावपछि ओलीको फोनसँगै दुई नेताबीच नेकपा बिभाजनपछि पहिलो पटक संवाद भएको हो । अध्यक्ष ओलीका सहयोगी राजेश बज्राचार्यका अनुसार टेलिफोन संवादको क्रममा दुई नेताबीच ‘बधाई साटासाट भएको छ । ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिनुभएको हो ।

ओली आफैले फोन गरेपछि निकै प्रसन्न बन्नुभएका माओवादी प्रचण्डले चुनावमा आफूहरुले सोचेको भन्दा निकै राम्रो नतिजा निकालेको भन्दै प्रशंसा समेत गर्नुभएको छ । जवाफमा ओलीले आफूले सोचेको भन्दा तलमाथि भएको भन्दै हसिमजाक गर्नुभएको थियो ।

ओलीका सचिवालय सदस्य बज्राचार्यका अनुसार अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिनुभएको छ । दुई नेताबीच पनि बधाई साटासाट भएको थियो ।