जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार २०:०३

चुनाव हारेका महेश बस्नेत मतदातालाई धन्यवाद दिन बिजय र्यालीमा आएपछि (भिडियोसहित)


भक्तपुर, मंसिर ८ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजीत भएपनि मतदातालाई धन्यवाद दिँदै आफै बिजय र्यालीमा सहभागी हुनुभएको छ ।

चुनावमा जीत हार हुने भन्दै बस्नेत आफ्नै निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यमा बिजयी नेता–कार्यकर्ताहरुसँग हारको पीडा नराखी मतदातालाई धन्यवाद दिन आफै र्यालीमा सहभागी हुनुभएको हो ।

बस्नेत भक्तपुर २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापासँग पराजीत हुनुभएको थियो । आफू हारे पनि भक्तपुर–२ का मतदातालाई धन्यवाद दिन उहाँ र्यालीमा सहभागी हुनुभएको हो ।

भक्तपुर–२ मा पराजयका बाबजुद एमालेका चर्चित नेता बस्नेत आज ‘विजयर्याली’ मा सहभागी हुनुभयो । पार्टीका प्रदेश उम्मेदवारको विजय मनाउन तथा आफूलाई मत हाल्ने मतदाताहरुलाई धन्यवाद दिन र्यालीमा सहभागी भएको बस्नेतले बताउनु भयो । र्यालीमा ‘आमा–बुवा, दाजुभाई, धन्यवाद छ सवैलाई !’ भन्दै नारा लगाइएको थियो ।