धनगढी, ९ मंसिर । माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँ कञ्चनपुर १ बाट विजयी हुनुभएको हो । लामाले २४ हजार ८९२ मत ल्याउनुभयो भने मगरले १९ हजार ३४६ मत ल्याउनुभएको छ ।
लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्