जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ०७:४०

देउवा सरकारका खानेपानीमन्त्री चौधरी पराजित गर्दै एमालेका मैनाली निर्वाचित


काठमाडौँ, ९ मंसिर । बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित हुनुभएको छ ।

एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई पराजित गर्नुभएको हो ।

शुक्रबार बिहान सकिएको बारा १ को मतपरिणाम अनुसार खानेपानीमन्त्री चौधरी ९ हजार १ सय ३९ को मतान्तरले पराजित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बारा १ मा एमाले उम्मेदवार मैनालीले ३९ हजार १ सय ९५ मत ल्याई विजयी हुनुभएको छ । खानेपानीमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार चौधरीले ३० हजार ५६ मत मात्रै प्राप्त गर्नुभयो ।