जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ०८:२५

धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित


जनकपुर, मंसिर ९ । धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी नेतृ जुली कुमारी महतो निर्वाचित हुनुभएको छ ।

एमाले उम्मेदवार महताले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्नुभएको हो ।

महतोले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुंदा सत्ता गठबन्धनका उम्मेदवार झा २३ हजार ६८६ मा रोकिनु परेको छ ।

०७४ मा यो क्षेत्रबाट लोसपाका राजेन्द्र महतो विजयी हुनुभएको थियो । महतो यसपटक सर्लाहीबाट चुनाव लडेपछि झाले यो क्षेत्र रोज्नुभएको थियो । तर पराजीत हुनुपरेको छ ।