जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ०९:१९

दोलखाको कालिन्चोकमा प्रहरी इन्चार्ज कुटेर बुथ कब्जा, ‘कर्मचारी हरि दाहाल र भाइराम बुढाथोकी बुथ कब्जाको मतियार’


दोलखा, मंसिर ९ । निर्वाचनको अघिल्लो दिन कालिञ्चोक गाउँपालिका-१ बेगुम्पाखटिएका सहायक मतदान अधिकृत भाइराम बुढाथोकीले फेसबुकमा लेखे, ‘यहाँ गठबन्धनको माहोल गुड छ ।’

उनले उक्त बुथ कब्जा गर्ने वातावरण बनाइरहेको सूचना पाएपछिदोलखामा निर्वाचन आचारसंहिता हेर्नेअधिकारी मुरारी निरौलालाई उनकोकृयाकलापको बारेमा उजुरी पर्यो । उक्त उजुरीको छानबिन गरी सचेत गराइएको सूचना सार्वजनिक भयो ।मंसिर ४ गतेको निर्वाचनमा गठवन्धनको लागि उनी र मतदान अधिकृत हरि दाहाल मिलेर गठबन्धनलाई बुथ कब्जा गरिएको नेकपा एमाले दोलखाले प्रमाणसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएको छ ।

नेकपा एमाले दोलखाले जारी गरेको विज्ञप्तिमा निर्वाचनमा पदीय दुरुपयोग गर्ने कर्मचारीलाई ‘जनमत खोस्ने मतियार कर्मचारी’घोषणा गर्ने उल्लेख छ ।सेटिङ मिलाएर बुथ कब्जाको लागि गठबन्धनलाई महोल छ भनेर फेसबुकमा लेखेपछि मतदानस्थलबाट भाइराम बुढाथोकी फेर्नुपर्ने माग गर्दा, सचेत मात्र गराउन सकिने भनियो आखिर उनैले बुथ कब्जा गराएको नेकपा एमालेदोलखाले जनाएको छ ।

खटिएका दाहाल र बुढाथोकी दुवैले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरबहादुर पाख्रीनको नेतृत्वमा बुथ कब्जा भएको खटिएका अन्य कर्मचारीहरूले बताएका छन् । नेकपा एमालेले कालिञ्चोक गाउँपालिका कमिटीको प्रतिवेदनका आधारमा बुढाथोकी र दाहालले गठबन्धनलाई सही गरेको मतपत्रको ठेली नै बुझाएको उल्लेख छ । नरबहादुर पाख्रीनले असइ सोमबहादुर रानालाई कुटपिट गरे । उनी घाइते भएपछि पाख्रीनको छोरा भीमसेन पाख्रीन आफैँले अर्धकट्टीमा ल्याप्चे लगाउँदै मतपत्रमा धमाधम छाप लगाउँदै भोट हाल्न थालेको खटिएकी एक महिला कर्मचारीले बताइन् ।

उक्त वडाको निर्वाचित वडा अध्यक्ष पदम थामीले भने, ‘मतदातासँगै मलाईसमेत आक्रमण गर्दै लखेटेपछि एकलौटी मतदान गरे ।
गठबन्धनले मतपत्र बोकेर यताउता गर्दा यत्रतत्र छरिएको, मतपत्र बुक नै च्यात्दा भुँइमा खसेको एक मतदाता बताउँछन् । ‘प्रत्यक्षबाहेक समानुपातिक मतपत्रलाई वास्ता नगरेर फालेर हिँडे,’ मतदाता भन्छन, ‘अर्धकट्टीहरू र मतपत्र हरू आफूले पनि टिपेर घर ल्याएँ ।’
मंसिर ४ मा सम्पन्न भएको निर्वाचन निर्वाचनमा दोलखाका १३ ठाउँमा सत्ताको आडमा बुथ कब्जा भएको नेकपा एमाले दोलखाको निश्कर्ष छ ।कालिन्चोक गाउँपालिका वडा नं १ मा सरकारी कर्मचारीको सेटिङमै बुथ कब्जा गरिएको तथ्य र प्रमाणहरू बाहिर आइरहेका छन् ।

कब्जा गरिएको बुथ क मा ९५.२९ प्रतिशत सम्म मत खसेको छ । उक्त मतदान केन्द्रमा ८५० मध्ये ८१० भोट खसालेपछि अधिकृत दाहाल र सहायक अधिकृत भाइरामले कानून बमोजिम गराउने भन्दै मत हाल्न रोके । त्यसैले निकालिएको मत बाहिरै फाले । जनताले केही फेला पारेर पार्टीमा बुझाएका जानकारी आएको छ ।

यसरी कब्जा भएको थियो बुथ
…….निर्वाचनका दिन मंसिर ४ मा कालिन्चोक वडा नं १ वडा कार्यालय बेगुम्पा क मतदान केन्द्रमा मतदाताहरु पुगेर लाइनमा बसी मतदान गरिरहेका थिए, वातावरण शान्त थियो ।शान्तिपूर्ण निर्वाचनमा एमालेका पक्षमा धेरै मत खस्ने देखिएपछि माओवादी दोलखाका नेता नर पाख्रीनले उनका केही कार्यकर्तालाई संकेत गरे । उनको संकेत पाउनेबित्तिकै हल्लाखल्ला र हुलदंगा सुरु भयो ।

सुरक्षाकर्मीको नेतृत्व गरिरहेका असई सोमबहादर रानाको टोलीले हुलदंगा रोक्ने प्रयत्न गर्यो तर माओवादी नेता पाख्रीनले असई रानालाई झापड लगाउन थाले । तीनचार झापड लगाएपछि असई अन्यौलमा परे । के गर्ने के नगर्ने गर्ने भए ।यही बेला एमाले समर्थित कार्यकर्तालाई गठबन्धनका कार्यकर्ताले लखेटे ।

अब सबै वातावरण गठबन्धनका पक्षमा भयो ।तर गठबन्धका कार्यकर्ता अन्यौलमा परे , के गर्ने, कसरी बुथ कब्जा गर्ने ? यही समयको पर्खाइमा रहेका सहायक मतदान अधिकृत एवं गठबन्धनको सेटिङमा पठाइएका भाइराम बूढाथोकी सक्रिय बने । उनले गठबन्धनका कार्यकर्तालाई बोलाएर आउनुस म सिकाउँछु, कसरी भोट हाल्ने भन्दै बोलाए । मतपत्रको बिटो हातमा थमाए र संघ, प्रदेश एवं समानुपातिकका मतपत्रर मतपेटिका चिनाए । अनि हाल्ने तरिका सबै बताए ।

कतै अन्यौल भएमा सोध्नू, भनी भनी उनी बुथ कब्जामा खटिए ।उनको कामलाई समर्थन गर्दै मतदान अधिकृत हरिबहादुर दहालले मतपत्रमा भ्याइनभ्याइ सही गर्दै गए । आवश्यक परेको स्थानमा सहयोग गर्दै उनले पनि सक्रिय भूमिका खेले ।क बुथमा रहेका ८५० मध्ये ८१० भोट खसालिसकेपछि अझै हाल्नुपर्छ आओ, मिलाउनुपर्ने छ, मिलाउनु पर्यो, आओ-आओ भन्दै भाइरामले अन्तसम्म बोलाउँदै थिए तर कार्यकर्ता अल्छी मानेर हिँडेपछि उनी कराउन छोडे ।

को हुन हरि र भाइराम ?

भाइराम विष्णु मावि गैरीमुदीका हेडमास्टर हुन् ।निमावि द्वितीय श्रेणीमा कार्यरत उनलाई वैत्यश्वर गाउँपालिका प्रमुख छवी लामाले उपाधीस्वरुप हेडमास्टरको पद दिलाएका हुन् ।सरकारी कर्मचारीले सामाजिक सञ्जालमा लेख्ने र लाइक तथा सेयर गर्ने काममा लागे कारवाही गर्ने निर्वाचन आयोगको आचारसंहिता विपरीत उनले सामाजिक सञ्जालमा प्रचार गरिरहेका थिए ।

उनी नेपाली कांग्रेसका लडाकु कार्यकर्ता भएकाले नै उनलाई त्यहाँ सेटिंगसहित प्रमुख निर्वाचन अधिकृतले पठाएको एमालेले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।गैरीमुदीमा भाला र तरबार बोकेर कांग्रेसका पक्षमा हिँड्ने कार्यकर्तालाई पठाएर गठबन्धनले बुथ कब्जा गर्न लगाएको एमालेको आरोप छ ।

सरकारी दानापानी खाएर राज्यको कानून विपरीत यस्ता हर्कत गर्ने कर्मचारीलाई कारवाहीको माग गर्ने, जनतामाझ सार्वजनिक गर्ने र वहिष्कार गर्ने दोलखा एमालेले नीति बनाएको जनाएको छ ।निर्वाचन अधिकृत हरिबहादुर दहाल पहिले कांग्रेस समर्थित थिए भने हाल माओवादीका निकट मानिन्छन् । उनी गोल्मेश्वर माविमा कार्यरत शिक्षक हुन् ।