जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १४:५०

तस्बिरमा गोकुल बाँस्कोटाको विजयोत्सव


काभ्रे, ९ मंसिर । काभ्रे क्षेत्र नम्बर २ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित एमालेका गोकुल बाँस्कोटाले विजयी र्याली निकालेका छन् । कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका बाँस्कोटा र उनका समर्थकले विजयोत्सव मनाउँदै र्याली निकालेका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको काभ्रे २ को आज सार्वजनिक मतपरिणामअनुसार बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर निर्वाचित हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी हुमागाईंले ३९ हजार ४८२ मत ल्याउनुभयो ।