जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १४:५९

पाल्पा-२ बाट सोम पाण्डेलाई हराउँदै एमाले नेता ठाकुर गैरेको सानदार जीत


पाल्पा, मंसिर ९ । लगातार जित्दै आउनु भएका नेकपा एकीकृत समाजवादीकानेता सोमप्रसाद पाण्डेलाई फराकिलो अन्तरले पराजीत गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरे प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।

पाल्पा क्षेत्र नम्बर २ मा एमालेका पोलिटब्यूरो सदस्य गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकाल्दै पाण्डेलाई संसद भवन जाने बाटो छेक्नुभएको हो । गैरे सत्ता गठबनधनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको छ ।

निर्वाचित एमाले नेता गैरेले २७८१७ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका पाण्डे २३८५१ मा रोकिनु परेको छ । पाल्पा २ बाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धीसमेत रहनुभएका पाण्डे यसअघि लगातार जित्दै आउनुभएको थियो । अव उहाँको संसद जाने बाटो बन्द भएको छ ।