जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १५:१२

केपी ओलीको बिजय र्यालीमा जे देखियो


झापा, मंसिर ९ । झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ विजयी हुनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजय र्यालीमा सभागी हुनुभएको छ । उक्त र्यालीमा अध्यक्ष ओलीलाई साथ दिँदै मतदाता आफै ठूलो संख्यामा सहभागी भएका छन् ।

नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ विशाल र भव्य विजय र्याली निकालेको हो । आज कमल गाउँपालिका, गौरादह नगरपालिका गौरीगञ्जमा विजय र्यायाली आयोजना गरिएको छ।

हजारौंको उपस्थितिमा भएको र्यालीमा सडक र चोकमा मतदाता अध्यक्ष ओलीलाई बधाई दिन सडकमा निस्किएका छन्। कमल गाउँपालिकाको बाह्घरेबाट र्याली गौरादह नगरपालिकाको बालुबथानतर्फ जान लागेको छ । आजै चप्रामारी दामुना ग‍ौरीगञ्जमा विजय र्याली हुनेछ ।