जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १२:३७

काठमाडौंका २७३ मध्ये २३६ उम्मेदवारको जमानत जफत, यी चर्चित अनुहार पनि जफतको सूचीमा


काठमाडौं, मंसिर १० । संघीय राजधानी काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका ८६ प्रतिशतको जमानत जफत भएको छ ।

काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि यसपटकको निर्वाचनमा २७३ जनाले उम्मेदवारी दिएका थिए । तर उनीहरुमध्ये ३७ जना अर्थात १३.५५ प्रतिशतले मात्रै धरौटी बापत्तको रकम जोगाएका छन् । बाँकी २३६ जना (८६.४४) उम्मेदवारको जमानत जफत भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि ३१ जना उम्मेदवार थिए । यसमध्ये पाँच जनाले मात्रै जमानत जोगाएका छन । सो निर्वाचन क्षेत्रमा सदर मत २६ हजार १६६ रहेको छ ।

काठमाडौं १ मा निर्वाचित नेपाली कांग्रेसका प्रकाशमान सिंह, उपविजेता राप्रपाका रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार वम, नेकपा एमालेका किरण पौडेल र नेपाल सुशासन पार्टीका रमेश खरेलले मात्र जमानत जोगाउनु भएको छ । बाँकी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

जमानत गुमाउनेहरुमा बालकृष्ण न्यौपाने, डम्वर शाहु, सुरेन्द्रप्रसाद ढकाल, रिषम भट्टराई, हरि शरण श्रेष्ठ, संगीता बोगटी, शंकर बन्जाडे, प्रकाश नायजु, हरेन्द्र चौधरी, प्रकाश श्रेष्ठ, शान्ती देवी केसी र मन्जु राना मगर, हुनुहुन्छ । यसैगरी इन्द्रबहादुर थापा, मान बहादुर राई, हरिकुमार घले, मनिता (लिगल) श्रेष्ठ, गोमा खतिवडा अधिकारी, सुनिता बसेल, खुमकला लामिछाने, दुर्गाप्रसाद लिम्बु, कुलबहादुर तामाङ, निर्जल शाह, मीरा विष्ट, देब शर्मा, संगीता राजबाहक र सीता तामाङ (केसी) हुनुहुन्छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ३२ जना उम्मेदवारमध्ये बिजेतासहित ४ जनाले मात्रै जमानत जोगाएका छन । सो निर्वाचन क्षेत्रबाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, उपविजेता नेकपा एमालेका मणिराम फुयाल, तेस्रो राप्रपाकी कुन्तीदेवी पोखरेल र सत्ता गठबन्धनका उम्मेदवार ओनसरी घर्तीले मात्रै जमानत जोगाउनु भएको छ ।

बाँकी उम्मेदवारहरुको जमानत जफत भएको छ । यसरी जमानत जफत हुनेहरुमा पुण्यप्रसाद प्रसाई, कोषराज सुवेदी, अनुप बोहरा, अनिल श्रेष्ठ, काशिराज पुडासैनी, धनेज थापा, गणेशप्रसाद पुडासैनी, कृष्णराम पुरी, प्रकाश अधिकारी, गोपाल बहादुर टन्दुकार, राममणि नेपाल, बिजेन्द्र बस्नेत, लक्ष्मण पोखरेल, बलराम चौलागाई, हेम विक्रम सिल्वाल, ईश्वर गौतम, मधुसुदन पुडासैनी, महेश वास्तोला, सीता तामाङ, चिरिन्जिवीवि राई, विनोद प्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खडका, प्रकाश अधिकारी, विदुर प्रसाद सिंखडा र कृष्ण अधिकारी हुनुहुन्छ ।

यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा २५ जना उम्मेदवार थिए । यस क्षेत्रबाट निर्वाचित कांग्रेसका सन्तोष चालिसे, उपविजेता एमालेका कृष्ण राई र तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा बिक्रम थापा क्षेत्रीले मात्रै धरौटी जोगाउनु भएको छ । बाँकी २२ जनाको जमानत जफत भएको छ ।

यस क्षेत्रबाट जमानत जोगाउन नसक्ने उम्मेदवारहरुमा गणेश गिरी, निरञ्जन पुडासैनी, द्वारिका अधिकारी, बद्रिप्रसाद बजगाई, दिनेश खनाल, श्रीकृष्ण ज्योती, राजेश बिष्ट, विशोक डंगोल, कृष्ण काजी श्रेष्ठ, नेत्र बहादुर तामाङ, मोहन कुमार विश्वकर्मा, केदार नाथ मिश्र, गोविन्द नेपाल, समिना न्यौपाने, जगन्नाथ देवकोटा, नुर्पु गेन्जेन शेर्पा, रक्ष कुमार राई, मोहन बहादुर बस्नेत, कविता विष्ट सुनार र विन्दु मगर हुनुहुन्छ ।

काठमाडौं ४ बाट भने बिजेता र उपबिजेताबाहेक सवैको जमानत जफत भएको छ । यस क्षेत्रबाट निर्वाचित कांग्रेसका गगन थापा र उपविजेता एमालेका डा. राजन भट्टराईले जमानत जोगाउनु भएको छ । बाँकी सवै उम्मेदवार रहेका ३१ जनाको जमानत जफत भएको छ ।

काठमाडौं ४ बाट डा.ठाकुर मोहन श्रेष्ठ, अर्जुन कुमार प्रसाई, अर्चन शम्शेर राणा, शिबेन्द्र के.सी., रमेश डंगोल, काजी बहादुर कार्की, हेम बहादुर बोम्जन, दिपक कुमार पोखरेल, श्याम बाबु गौतम, रुद्र प्रसाद पौडेल, कृष्ण कुमार तामाङ्ग र लिलामाया पौडेलको जमानत जफत भएको छ ।

यसैगरी उम्मेदवारहरु नवराज भण्डारी, नुम नाथ प्याकुरेल, ध्रुब राज गिरी, चेत बहादुर आले, लाल कुमारी थापा राना, राजेश भारती, खुर हरी पुडासैनी, पिकेश परियार, थर्क बहादुर बस्नेत, रोशन वर्मा, श्याम राज भेटवाल, भानु कुमार खड्का, नवराज थापा, दिनेश चौलागाँई, रोहित डंगोल, रविन्द्र देव ढकाल र महेश्वर केसीको जमानत जफत भएको छ ।

काठमाडौं–५ मा पनि बिजेता र उपबिजेतासहित ३ जनाले जमानत जोगाएका छन । जमानत जोगाउनेमा विजेता नेपाली कांग्रेसका प्रदीप पौडेल, उपविजेता एमालेका ईश्वर पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर जबरा हुनुहुन्छ । ३१ जना उम्मेदवार रहेको यस क्षेत्रमा अन्यले जमानत जोगाउन नसकेका हुन । यसरी जमानत जफत हुनेहरुमा हेमराज थापा, रामप्रसाद उप्रेती, श्रीराम गुरुङ, सुशान्त श्रेष्ठ, शैलेश डंगोल, रन्जु न्यौपाने, मधु सुदन पाठक, रमेश केसी, बिजय कंडेल, भिम बहादुर मगर, सागर ख्रडका र गोपीलाल न्यौपाने हुनुहुन्छ ।

यसैगरी टिक माया गुरुङ्ग, शैलेन्द्र बस्नेत, दिपक कुमार शर्मा, राजु विष्ट, दिपक सिंह, राम कृष्ण परियार, दानिन्द्र जोशी, लवली थापा, विनिता अर्याल, शान्तिराम पाण्डे, बाबु राम पोखरेल, कुमार कोइराला, कृष्ण राज श्रेष्ठ र नारायण प्रसाद दाहालको पनि जमानत जफत भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा २६ जना उम्मेदवार थिए । विजेता राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, उपविजेता एमालेका सर्वेन्द खनाल र कांग्रेसका भिमसेन दासले मात्रै जमानत जोगाउनु भएको छ ।

बाँकी सवैको जमानत जफत भएको हो । यसरी जमानत जफत हुनेहरुमा विष्णुप्रसाद आचार्य, संजय मान श्रेष्ठ, सनक मान महर्जन, मुकुन्द सिलवाल, प्रेमसागर कर्माचार्य, मनोज आचार्य, मह्श्वर कार्की, निर्देश सिलवाल, दिपु उप्रेती, बल बहादुर के.सी, राजेन्द्र खनाल, अजित खड्का, राजेश श्रेष्ठ (मास्के), तारा रसाइली, कमल न्यौपाने, बिष्णु प्रसाद ढकाल, काजी कार्की, खगेन्द्र ढकाल, सानु कान्छा महर्जन, किरण इङनाम र जनकराज थपलिया हुनुहुन्छ ।

काठमाडौं ७ मा पनि ३ जनाले मात्रै जमानत जोगाएका छन । विजेता राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश पराजुली र पराजितद्वय एमालेका श्याम कुमार घिमिरे र माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले मात्रै जमानत जोगाउनु भएको हो । ३१ जना उम्मेदवार रहेको यस क्षेत्रमा अन्य उम्मेदवारले जमानत जोगाउन सकेनन ।

यस क्षेत्रमा निवर्तमान सांसदद्वय जसपाका राजेन्द्र श्रेष्ठ र रामवीर मानन्धरकै जमानत जफत भयो । बाँकी जमानत जोगाउन नसक्नेहरुमा ध्रुव विक्रम मल्ल, यादवलाल कायस्थ, किरण केसी, प्रबेन्द्र पोख्रेल, रविन्द्र कुमार श्रेष्ठ, किरण महर्जन, जुजु काजी महर्जन, राम नेपाली, प्रशन्न कुमार अर्याल, ईश्वर अर्याल, कुमार खाकी श्रेष्ठ, कृष्ण प्रसाद दवाडी, सुजनरत्न बज्राचार्य र लोकप्रसाद सिंखडा हुनुहुन्छ ।

यसैगरी हेम बहादुर ढुंगेल, कमला भुसाल, शैलेस राज श्रेष्ठ, प्रकाश कुँवर, भरत तामाङ्ग, मञ्जु माया तामाङ, जानुका पौडेल, लक्ष्मण प्रसाद गजुरेल, रोजिना अवाले र राज कुमार कोइरालाको पनि जमानत जफत भएको छ ।

काठमाडौं–८ मा ५ जनाले जमानत जोगाएका छन । यस क्षेत्रबाट २१ जना उम्मेदवार थिए । विजेता राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ, उपविजेता हाम्रो नेपाली पार्टीका सुमन सायमी, एमालेका शिव सुन्दर राज वैद्य, नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ र राप्रपाका प्रकाश रिमालले जमानत जोगाउनु भएको छ ।

बाँकी मनोज कुमार खड्गी(नेवा), कृष्ण माया मानन्धर, राजेन्द्र थापा, दीपक प्रसाद खनाल, शान्त बहादुर शाक्य, सुमन कुमार बलामी, छत्र कुमार पाख्रिन, रमेश कुमार डंगोल, सन्तोष देउला, रेशम वहादुर सुनार, दुर्गा देवी महर्जन, रेख कुमार गुरुङ, हेमराज बराल र विजय डंगोलको जमानत जफत भएको छ ।

यस्तै काठमाडौं–९ मा ४ जनाले मात्रै जमानत जोगाएका छन । २४ जना उम्मेदवार रहेको यस क्षेत्रमा विजेता एमालेका कृष्ण गोपाल श्रेष्ठ, उपविजेता राष्ट्रिय स्वतन्त्र पार्टीका टेबहादुर पोखरेल, नेकपा माओवादी केन्द्रका कल्पना धमला र राप्रपाका देवेन्द्र प्रधानले जमानत जोगाउनु भएको हो ।

यसरी जमानत जफत हुनेमा साझा पार्टी नेपालका मिलन पाण्डे पनि हुनुहुन्छ । यसैगरी ईरस श्रेष्ठ, सुमन महर्जन, सुनील रिजाल, शर्मिला सुवाल (डंगोल), डा. ज्ञान बहादुर बस्नेत, रमेश थापा, भाइ राजा भण्डारी, उजला स्थापित, राजेन्द्र पसाद पाठक, उद्धव रोक्का, प्रजुल जोशी, लक्ष्मण सिंह खड्का रचना श्रेष्ठको जमानत जफत भएको छ । यस्तै गणेश थापा, राम कुमार रिजाल, अम्बिका थापा र मधु कार्कील पनि जमानत जोगाउन सक्नुभएन ।

काठमाडौं–१० मा पनि ५ जनाको मात्रै जमानत जोगिएको छ । २० जना उम्मेदवार रहेको यस क्षेत्रमा विजेता कांग्रेसका राजेन्द्र कुमार केसी, एमालेका हिमेश केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिव बिष्ट, राप्रपाका बलराम थापा र माओवादी केन्द्रकी अन्जना विशंखेले जमानत जोगाउनु भएको हो ।

अन्य उम्मेदवारले भने जमानत जोगाउन सकेनन । यसरी जमानत जोगाउन नसक्नेहरुमा नारायण महर्जन, इन्द्र बहादुर बराल, सनन श्रेष्ठ, सन्त प्रसाद श्रेष्ठ, गंगाप्रसाद भेट्वाल, पूर्ण लाल श्रेष्ठ, चेत बहादुर मुक्तान, राज कुमार थापा, कुमार लामा, तिलक बहादुर रिज्याल, रामबाबु ठाकुर, सिर्जना बर्तौला र धन केशर सुर्यवंशी हुनुहुन्छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकाको दफा ६४ मा भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २० बमोजिम दाखिला गरेको धरौटी जफत हुनेछ ।’

जफत गरेको धरौटीबापत्तको रकम निर्वाचन आयोगले जफत सरकारको सञ्चित कोषमा राख्छ । धरौटी जफत हुने अवस्थामा बाहेक विजयी उम्मेदवार, मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले धरौटी रकम निर्वाचन परिणाम घोषणा भएको मितिले ९० दिनभित्र फिर्ता लिनुपर्ने हुन्छ ।