जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १९:४६

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु


दाङ, १० मंसिर । दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँ निवासी ४५ वर्षीय सुरेश डाँगीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उहाँलाई आज दिउँसो सवा ३ बजेको समयमा मलवारे कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।