काठमाडौं, मंसिर ११ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणनामा नेकपा एमालेले फराकीलो अग्रतालिएको छ ।
प्रत्यक्षतर्फको १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको बेला एमालेले समानुपातिकमा कांग्रेससंग फराकीलोअग्रता कायम गरेको हो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २२ लाख नाघ्दा कांग्रेससँगकोअन्तर बढाउँदै १ लाख नघाएको छ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार एमालेले २२ लाख ९० हजार ३९७ मत प्राप्त गरेको छ। कांग्रेसले २१ लाख ९१ हजार ३८२ मतपाएर दोस्रो स्थानमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र) ले ९ लाख ५८ हजार ४१८ मत प्राप्तगरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४ सय ३५ मत प्राप्त गरेको छ ।













प्रतिक्रिया दिनुहोस्