जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १७:१५

आफ्नै इज्जत लिलाम गरेर झलनाथले छाडे इलाम


इलाम, मंसिर ११ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्नो हार स्वीकार गर्न नसक्ने भन्दै बिजयी उम्मेदवारलाई बधाईसमेत नदिई जिल्ला छाडनुभएको छ ।

सत्तारुढ दलका दोस्रो बरियताका नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री खनाल नेकपा एमालेका महेश बस्नेतसँग हार बेहोर्नु परेपछि धाँधली गरेर चुनाव हराएको भन्दै इलामबाट हिँडनु भएको हो । मतगणनास्तलबाट आक्रोशि हुँदै निस्किनु भएका खनाल काठमाडौँ फर्किने गरी जिल्ला छाडनु भएको हो ।

खनालले दुबै प्रदेशमा गठबन्धनले जित्ने तर प्रतिनिधिसभामा आफू मात्रै हार्ने कसरी हुन्छ ? भन्दै आक्रोश पोख्नुभयो । उहाँले आफूलाई षडयन्त्रपूर्वक हराइएकोले यसको सँधै बिरोध गर्ने र परिणाम स्वीकार नगर्ने बताउनु भयो ।

मतगणनामा धाँधली भएको बताउँदै पुनः मतदानको माग गर्नुभएका खनालको माग निर्वाचन अधिकृतको कार्यालयले पूरा गर्न नसकेपछि थप आक्रोशित बन्नुभएको थियो । आफ्नै पूर्व कार्यकर्तासँग हारेपछि खनालले इलाम १ को चुनावी परिणाममा आफ्नो सधैँ विरोध रहिरहने बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री खनालको यो कामले उहाँको बचेखुचेको इज्जत पनि लिलामी भएको इलामवासीले बताएका छन । सर्प पालनको नाममा राज्यकाट करोडौं रकमलिनुका साथै उपचारको नाममा समेत अति धेरै सहयोग सरकारबाट लिनुभएका खनाललाई सोही अपराधको दण्ड इलामवासीले दिएका थिए ।

आफ्नो स्वार्थका लागि आफैले नेतृत्व गरेको पार्टीसमेत बिभाजन गर्न पछि नपरेर राजनीतिक रुपमा इमानहीन बन्नुभएका खनालको पछिल्लो कामले इलामवासीको नजरमा निकै तल गिर्नुभएको छ ।