जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १८:२०

कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु


धनगढी, ११ मंसिर । कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ मंगलपुरमा प्रदेश २–०३–०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ ।

मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उहाँको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।