जनता टाइम्स

१२ मंसिर २०७९, सोमबार १३:५५

यी हुन प्रदेश १ को प्रदेशसभामा जित्ने एमालेका २४ सांसद


बिराटनगर, मंसिर १२ । प्रदेश १ मा नेकपा एमाले २४ सिटमा जित निकाल्दै पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि पहिलो दल रहेको एमालेले अहिलेसम्म प्रदेश १ को ५६ मध्ये ५१ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा २४ मा जीत र एक स्थानमा अग्रतासहित पहिलो दल बनेको हो ।

निर्वाचन आयोगका अनुसार एमालेबाट ताप्लेजुङको प्रदेशसभा क बाट तिलकुमार मेयाङबो, इलाम १ को ख बाट रामबहादुर मगर निर्वाचित हुनुभएको छ । यसैगरी झापाबाट एकराज कार्की, तिलचन पाठक, छविलाल चुडाल, राधाकृष्ण खनाल, हिक्मतकुमार कार्की, र होमबहादुर थापा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

यस्तै संखुवासभा ख बाट बिदुरकुमार लिंथेप, तेह्रथुम क बाट किशोरचन्द्र दुलाल, धनकुटा क बाट निरन राई, ख बाट इन्द्रमणि पराजुली निर्वाचित हुनुभएको छ । यस्तै मोरङाट उमाकान्त गौतम, खडगबहादुर बस्नेत, लिलाबल्लभ अधिकारी, ज्ञानेन्द्र सुवेदी र जयप्रकाश चौधरी निर्वचित हुनुभएको छ ।

यसैगरी सुनसरीबाट रमेशकुमार बस्नेत, बिजयकुमार राई, रेवतीरमण भण्डारी, रामप्रसाद मेहता र रोहितबहादुर कार्की निर्वाचित हुनुभएको छ । यस्तै सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी र खोटाङबाट पाचकर्ण (पिके) राई निर्वाचित हुनुभएको छ ।
अहिलेसम्मको अवस्था हेर्दा प्रदेश १ मा एमाले नेतृत्वको गठबन्धनको सरकार बन्ने संकेत देखिएको छ । एमाले गठबन्धनमा राप्रपा र जसपा रहेका छन ।