जनता टाइम्स

१२ मंसिर २०७९, सोमबार १४:०६

प्रदेश १ मा भूकम्प, धनकुटा केन्द्रबिन्दु


बिराटनगर, मंसिर १२ । प्रदेश १ मा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान पौने ११ बजे प्रदेश १ मा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान १० बजेर ४५ मिनेटमा धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रबिन्दु भएर ३ दशमवल ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।