जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १२:३१

निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग


चितवन, साउन २३

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट रु पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला त्रिपाठीले रु ५१ हजार १०१, पदमकुमारी सिलवालले रु पाँच हजार १०० र श्रीमाय अधिकारीले रु पाँच हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । बुधबार एक कार्यक्रमबीच उहाँहरूले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

रु एक करोड लागतमा बन्ने उक्त भवन वृद्धाश्रम, सत्तल, पुस्तकालय सभाहललगायत सामाजिककार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताउनुभयो । भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष रु चार लाख सहयोग गरेको बताउनुभयो । साथै उहाँले अन्य रकम स्थानीयवासी विभिन्न उद्योगी÷व्यवसायी तथा सामाजसेवीको सहयोगमा भवन निर्माण भइरहेको बताउनुभयो ।

अहिलेसम्म रु १९ लाख खर्च भइसकेको र भवन निर्माण सम्पन्न गर्न रु एक करोड लाग्ने मन्दिर निर्माण समितिका अध्यक्ष शङ्कर सिलवालले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भवन सम्पन्न गर्नका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा रु ११ लाख रकम छुट्याइएको बताउनुभयो ।