जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १९:०४

सत्ता गठबन्धनकै नेताले भने-धनराजले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन


काठमाडौं, मंसिर १७ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङलाई बुथ कब्जाको लागि माफी माग्न सुझाउनु भएको छ । उहाँले बुथ कब्जाको कालो दाग भिरेर जीवनभरहिडनु पर्ने न्दै यस्तो सुझाउनु भएको हो ।

स्याङ्जा २ मा चापाकोट नगरपालिकाका ३ वटा बुथ कब्जा गरेर चुनाव जितेको आरोप लागेका गुरुङले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको नामबाट पनि भोट खसालेको पौडेलले बताउनु भएको छ ।

गुरुङको जित सुनिश्चित भएपछि उपमहासचिव पौडेलले फेसबुकमार्फत टिप्पणी गर्दै पापको फल अवश्य मिल्ने भएकाले गठबन्धनको सहयात्रीको नाताले पाप कटाउन सुझाव दिएको बताउनु भएको छ । पौडेलले धनराजले आफैलेश्रद्धाञ्जली दिएको ब्यक्तिको समेत भोट हालेको पनि बताउनु भएको छ ।स

यस्तो छ पौडेलको भनाई

धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु ! यो लोकतन्त्रको बेइज्जती हो । धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पर्‍यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईँको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।