जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०९:३८

बाजुरामा कांग्रेस उम्मेदवार पाण्डे विजयी


बाजरा, मंसिर १८ । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी हुनुभएको छ । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित हुनुभएको हो ।

पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याउनु भएको छ । बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बाजुराको चुनावी नतिजामा कांग्रेस उम्मेदवार पाण्डेले सहज जित निकाल्नु भएको हो ।