जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १०:०१

संसदमा १२ दल, माधवको नेकपा एससहित ५ पार्टीले नपाउने भए राष्ट्रिय दलको मान्यता


काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभामा १२ राजनीतिक दल सहभागी हुन पाउने भएका छन । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भएपनि ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन ।

निर्वाचनको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने भएका हुन ।

राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत ’थ्रेस होल्ड ’ कटाउनुपर्ने कानुनी व्यवस्था छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ’थ्रेस होल्ड’ कटाउन नसकी राष्ट्रिय दलको मान्यता नपाउने सूचीमा परेको छ ।

समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार ३६२ मत प्राप्त गरेको छ । सो दलले अव ’थ्रेस होल्ड’ कटाउनेसंभावना सकिएको छ । यस्तै प्रत्यक्षतर्फ जितेका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन ।